सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी एम६२ शक्तिशाली ब्याट्री क्षमताका साथमा बजारमा उपलब्ध हुने भएको छ ।
फेडरल कम्युनिकेशन कमिसन(एफसीसी) सर्टिफिकेशको साइटमा उपलब्ध जानकारी अनुसार सामसङ ग्यालेक्सी एम६२ मा ७००० एमएएच ब्याट्रीमा उपलब्ध हुनेछ ।
एम६२ मा फोनमा उपलब्ध हुने ब्याट्री यसअघि यही सिरिजको एम ५१ मा पनि उपलब्ध थियो । उक्त साइटमा उपलब्ध जानकारी अनुसार फोनमा २५ वाटको चार्जर, सी पोर्ट यूएसबी र ३.५ एमएम हेडफोन ज्याक हुनेछ ।
फोनले एफसीसी सर्टिफिकेट पनि हात पारिसकेकाले यो फोन छिट्टै सार्वजनिक हुनसक्ने उल्लेख गरिएको छ ।
एफसीसीले याे स्मार्टफाेनका विशेषताबारे धेरै जानकारी त दिएकाे छैन । तर गिकबेञ्चले याे फाेन ६ जीबी ६ जीबी र्याम, एन्ड्राेइड ११ र एक्सिनाेस ९८२५ चिपसेट रहने उल्लेख गरेकाे छ ।
ग्यालक्सी एम६२ पहिले ट्याब्लेटका रूपमा आउने चर्चा गरिएको थियो । तर एफसीसीको साइटमा उपलब्ध जानकारीले याे एक स्मार्टफाेनकाे रूपमा आउने पक्का भएकाे हाे ।
त्यस्तै मूल्यकाे कुरा गर्दा याे फाेन किफायती मूल्यमै उपलब्ध हुने दाबी गरिएपनि स्पष्ट रूपमा केही खुलाइएकाे छैन । तर २० देखि २५ हजार नेपाली रूपैयाँकाे हारहारीमा बजारमा भित्रिने अनुमान गरिएकाे छ ।