नेपाली बजारमा सामसङ, वानप्लस, शाओमी, ओपो, हुवाइ, रियलमी, भिभो, अल्काटेल, नोकिया, कलर्सलगायत विभिन्न ब्राण्डका फोन पाइन्छन्।
ती कम्पनीले सस्तादेखि महंगा मूल्यसम्मका फोन बजारमा ल्याएका छन्। यहाँ २० देखि २५ हजार मूल्यका फोनबारे चर्चा गरिएको छ।
उक्त मूल्यमा सामसङ, भिभो, रियलमी र ओपो, हुवाइ गरी पाँच कम्पनीका फोन हाल बजारमा छन्।
सामसङ–एम२१
यो फोनमा ६.४ इञ्चको डिस्प्ले छ। यसमा तीन वटा क्यामेरा जडान गरिएको छ। जसमा ४८ एमपीको मुख्य क्यामरा छ भने ८ एमपीको अल्ट्रा वाइड र ५ एमपीको डेप्थ क्यामरा रहेको छ।
त्यस्तै, २० एमपीको सेल्फी क्यामरा छ। ६ हजार एमएएच ब्याट्री क्षमता रहेको उक्त फोनमा १५ वाटको फास्ट चार्चिङ सुविधा दिएको छ। ग्राहकले यो फोन ६ जिबी र्याम १२८ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको मूल्य २२ हजार ९ सय ९९ छ।
सामसङ–ए२१एस
यो फोनमा ६.५ इञ्च डिस्प्ले छ। फोनको पछाडि चार वटा क्यामेरा छ। जसमा ४८ एमपीको मुख्य क्यामरा, ८ एमपी अल्ट्रा वाइड, २ एमपी म्याक्रो र २ एमपीको डेप्थ क्यामरा छ।
त्यस्तै, सेल्फी क्यामेरा १३ एमपीको छ। ५ हजार एमएएच ब्याट्री क्षमता रहेको फोन ग्राहकले ४ जिबी र्याम ६४ जिबी रोम क्षमतामा किन्न पाउछन्। फोनको २३ हजार ९ सय ९९ रूपैयाँ छ।
एमआइ–ए३
यो फोनको डिस्प्ले ६.३ इञ्च रहेको छ। फोनको पछाडि ४ वटा क्यामेरा छ। जसमा ४८ मेगापिक्सलको वाइड, ८ मेगापिक्सलको अल्ट्रा वाइड, २ मेगापिक्सलको डेप्थ र २ एमपीको म्याक्रो क्यामरा छ।
त्यस्तै, १३ मेगापिक्सलको सेल्फी क्यामरा जडान गरिएको छ। ४ हजार एमएएच ब्याट्री क्षमता भएको यो फोनमा १८ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ।
ग्राहकले यो फोन ४जिबी र्याम ६४ जिबी रोम क्षमतामा किन्न पाउनेछन्। जसको मूल्य २३ हजार ९ सय ९९ तोकिएको छ।
रेड्मी–नोट८
फोनको डिस्प्ले ६.९ इञ्चको छ। पछाडि ३ वटा क्यामरा जडान गरिएको छ। जसमा ४८ मेगापिक्सलको वाइड, ८ मेगापिक्सलको अल्ट्रा वाइड र २ मेगापिक्सलको डेप्थ क्यामरा छ।
त्यस्तै, ३२ मेगापिक्सलको सेल्फी क्यामरा छ। ४ हजार ३० एमएएच ब्याट्री क्षमता भएको यो फोन ग्राहकले ६ जिबी र्याम १२८ जिबी र्याम क्षमतामा किन्न पाउछन्। फोनको मूल्य २३ हजार ९ सय ९९ तोकिएको छ।
रेड्मी–नोट९
यो फोनको डिस्प्ले ६.६७ इञ्च छ। पछाडि ४ वटा क्यामरा छ। जसमा ६४ मेगापिक्सलको वाइड, ८ मेगापिक्सलको अल्ट्रा वाइड, २ मेगापिक्सलको डेप्थ र ५ मेगापिक्सलको म्याक्रो क्यामरा छ।
त्यस्तै, १६ मेगापिक्सलको सेल्फी क्यामरा छ। ५ हजार २ सय एमएएच ब्याट्री क्षमता भएको यो फोनमा ३० वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ।
ग्राहकले यो फोन ४जिबी/१२८ जिबी र ६ जिबी/१२८जिबी क्षमतामा किन्न पाउछन्। फोनको मूल्य क्रमशः २२ हजार ९ सय ९९ र २३ हजार ९ सय ९९ तोकिएको छ।
भिभो–वाइ १२
यो फोनमा ६.३५ इञ्चको डिस्प्ले छ। पछाडि १३ मेगापिक्सल ८ र २ मेगापिक्सको ३ वटा क्यामरा छ। त्यस्तै, ८ मेगापिक्सलको सेल्फी क्यामरा छ।
५ हजार एमएएच ब्याट्री क्षमता रहेको यो फोन ग्राहकले ४ जिबी र्याम र ६४ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको बजार मूल्य २१ हजार ५ सय ९० तोकिएको छ।
भिभो–वाइ १५
फोनमा ६.३५ इञ्चको डिस्प्ले छ। पछाडि १३ मेगापिक्सल ८ र २ मेगापिक्सको ३ वटा क्यामरा छ। त्यस्तै सेल्फी क्यामेरा १६ मेगापिक्सलको छ।
५ हजार एमएएच ब्याट्री क्षमता रहेको यो फोन ग्राहकले ४ जिबी र्याम र ६४ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको बजार मूल्य २४ हजार १ सय ९० रूपैयाँ तोकिएको छ।
हुवाइ–वाइ७ प्रो २०१९
यो फोनको डिस्प्ले ६.२ इञ्च रहेको छ। पछाडि १३ र २ मेगापिक्सलको २ वटा क्यामरा छ। त्यस्तै, १६ मेगापिक्सलको सेल्फी क्यामरा छ।
४ हजार एमएएच ब्याट्री क्षमता भएको यो फोन ग्राहकले ३ जिबी र्याम ६४ जिबी रोम क्षमतामा किन्न पाउछन्। फोनको मूल्य २० हजार ४ सय ९० छ।
ओपो–ए५३
यो फोनमा ६.५ इञ्चको डिस्प्ले छ। यसको क्षमता ४ जिबी र्याम र ६४ जिबी रोम रहेको छ। फोनमा २ मेगापिक्सेलको म्याक्रो क्यामेरा, १३ एमपीको मुख्य क्यामरा र २ एमपीको डेप्थ क्यामरा छ।
अगाडिको क्यामरा १६ मेगापिक्सलको छ। यसमा ५ हजार एमएएचको ब्याट्री र १८ वाटको फास्ट चार्ज सुविधा छ। यो फोन ग्राहकले ४जिबी र्याम ६४ जिबी रोम क्षमतामा किन्न पाउनेछन्। फोनको २२ हजार ९ सय ९० रूपैयाँ छ।
ओपो–ए५ (२०२०)
फोनमा ६.५ इञ्चको वाटरड्रप स्क्रिन छ। पछाडि १२ एमपीको मुख्य क्यामरा, ८ एमपी वाइड क्यामेरा, २ एपमीको म्याक्रो क्यामरा र २ एमपीको डेप्थ क्यामरा गरी पछाडि ४ वटा क्यामरा छन्।
अगाडि ८ एमपीको क्यामरा छ। फास्ट चार्ज सुविधा सहित ५ हजार एमएएच ब्याट्री दिइएको छ। यो फोन पनि ग्राहकले ३ जिबी/६४जिबी र ४ जिबी/६४ जिबी क्षमतामा किन्न पाउनेछन्।
यिनीहरूको मूल्य क्रमशः २२ हजार ९ सय ९० र २५ हजार ४ सय ९० छ।
ओपो–ए३एस
यसमा ६.५ इञ्चको डिस्प्ले छ। यसको क्षमता ४जिबी र्याम ६४जिबी रोम छ। मोबाइलको पछाडि पट्टि १३ एमपीको मुख्य क्यामेरा र २ एमपीको डेप्थ क्यामरा रहेको छ।
अगाडिको क्यामरा ८ एमपी रहेको छ। ४२ सय ३० एमएएचको ब्याट्री क्षमता रहेको छ। यसको मूल्य २४ हजार ५ सय ९० रहेको छ।
रियलमी–५
‘रियलमी ५’ ग्राहकले ६.५ इन्च डिस्प्लेमा पाउने छन्। यसमा चार वटा क्यामरा जडान गरिएको छ। जसमा १२ मेगापिक्सल वाइड, ८ अल्ट्रा वाइड, २ म्याक्रो र २ मेगापिक्सलको डेप्थ क्यामरा रहेको छ। सेल्फीको लागि ८ एमपी सेन्सर क्यामरा उपलब्ध छ।
यसमा ५ हजार एमएएच क्षमताको ब्याट्री दिएको छ। ग्राहकले यो स्मार्टफोन ४जिबी र्याम १२८ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको मूल्य २३ हजार ९ सय ९० रूपैयाँ छ।
रियलमी–६ आई
यो ग्राहकले ६.५ इन्च डिस्प्लेमा पाउने छन्। यसमा चार वटा क्यामरा जडान गरिएको छ। जसमा ४८ मेगापिक्सल वाइड, ८ अल्ट्रा वाइड, २ म्याक्रो र २ मेगापिक्सलको डेप्थ क्यामरा रहेको छ। सेल्फीको लागि १६ एमपी सेन्सर क्यामरा उपलब्ध छ।
यसमा ५ हजार एमएएच क्षमताको ब्याट्री दिएको छ। ग्राहकले यो स्मार्टफोन ४ जिबी÷१२८ जिबी क्षमतामा किन्न पाउने छन्। फोनको मूल्य २५ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।