बुटवल-नेपालमा रेल सञ्चालनको लागि रेल्वे कम्पनीले कर्मचारी माग गरेको छ। नेपाल रेल्वे कम्पनी लिमिटेड धनुषाले सोमबार सूचना प्रकाशित गरी १ सय २९ जना कर्मचारी माग गरेको हो।
सूचनामा अधिकृत, स्टेसन म्यान, सहायक स्टेसन म्यान, मेकानिकल इन्जिनियर, टिकट विक्रेता लगायतका कर्मचारीहरु माग गरिएको छ। जसअनुसार अधिकृत तहको स्टेशन माष्टर ३ जना, कानून र प्रसासन तर्फका अधिकृत एक एक जनाको आवेदन माग गरिएको छ।
मेकानिकल र इलेक्ट्रोनिक गरेर ३ जना सव इन्जिनियरको आवेदन मागिएको छ । अन्य पदहरुमा सहायक स्टेसन माष्टर ९ जना, टिकट विक्रेता १० जना, टिकट कलेक्टर ४ जना, टिटिइ ३ जना, रेल गार्ड ३ जना, ग्याङमेन इन्चार्ज ७ जना, ग्याङमेन १४ जना, किम्यान ७ जना, गेटमेन २५ जना, र पुसट्रली चालक २ जनाको लागि आवेदन आह्वान गरिएको छ ।
त्यस्तै अन्य पदहरुमा सहायक प्रशासन प्रमुख, लेखापाल, कम्प्युटर अपरेटर, क्यासियर, ट्रयाक निरिक्षक, इलेक्ट्रीसियन, अमिन, इएसटिमएस, हेल्पर, पोइन्टस म्यान, कार्यालय सहयोगी लगायतका कर्मचारी माग गरिएको हो। आवेदन दिन चाहनेले https://nepalrailway.org/ मा गएर दरखास्त दिन सकिन्छ । सूचना प्रकाशित भएको १५ दिनभित्र दरखास्त दिनुपर्ने छ।