नेपालको सबै भन्दा ठूलो कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्ड सामसङले ग्यालेक्सी ए ट्वान्टी एस बजारमा ल्याएको छ ।
ग्यालेक्सी ए ट्वान्टी एसमा केही नयाँ विशेषताहरु राखिएका छन् । कनेक्टिभिटीको नयाँ जमानामा आफ्नो अनुभवलाई क्याप्चर गरी शेयर गर्न चाहने नयाँ पुस्ताका लागि यो फोन विशेषतःनिर्माण गरिएको सामसङले जनाएको छ ।
ग्यालेक्सी ए परिवारको नयाँ सदस्य, ग्यालेक्सी ए ट्वान्टी एसमा ट्रिपल रियर क्यामरा, १५ वाटको फास्ट चार्जिङ्ग एवं आकर्षक डिजाइन छ । यो फोन युवा मिलेनियल्स एवं जेन्जीहरुलाई स्मार्ट फोनको उत्कृष्ट अनुभव प्रदान गर्ने छ ।