काठमाडौं-१० लाख नगद पुरस्कार रहेको नेपालको पहिलो भ्लग च्यालेन्ज, नेपाल भ्लग च्यालेन्जले काठमाडौंको दरबारमार्गमा आयोजित एक कार्यक्रममा ११ प्रतिस्पर्धी हरुको नाम सार्वजनिक गरेको छ।
११ जना प्रस्तिस्पर्धी हरुलाई निर्णायक मन्डलीमा रहेका फिल्ममेकर हरु निस्चल बस्नेत, सिसन बानिया, रोहित शाक्य तथा मिलन थापाले चुनेका हुन ।
आयोजक प्रतिनिधि राहन बज्राचार्यका अनुसार देश भरी बाट आएका ८७ प्रतिस्पर्धी हरु मध्ये २७ जनाले सेमी फाइनल पुग्न सफल भएका थिए।
कार्यक्रमका आयोजक १८ बर्ष पुरानो इभेन्ट म्यानेजमेन्ट कम्पनी पार्टी नेपाल ले जारी सुचना अनुसार लोकप्रिय भ्लगर प्रज्वल थापा मगर (झोले), भारतमा समेत प्रसिद्ध फिल्ममेकर निशान भुजेल देखी ट्राभल भ्लगर नीशा खालिङ राई , रोशन महर्जन, आयुश्मान घर्ति मगर, विश्वाश राई, आशुतोष बाराही, आत्मिय बराल, रेतिश गैन्जु, सुजन गौतम तथा समीर ताम्राकार रहेका छन।
बिजेताले बिभिन्न देशबाट सगरमाथा आधार शिबिर सम्मको शाहसिक पदयात्राको लागि लाखौं फलोवर्स भएका भ्लगर हरु सँग नेपाल को प्रतिनिधित्व गर्न पाउने छ ।