ओटावा: क्यानडका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबर पार्टी पुनः विजयी हुने देखिएको छ । सोमवार भएको निर्वाचनको पछिल्लो परिणामले उनको पार्टी विजयउन्मुख देखिएको हो । मतगणना भइरहँदा ट्रुडोको लिबर पार्टी मुख्य प्रतिद्वन्द्वी कन्जरभेटिभ भन्दा धेरै अगाडि देखिएको छ ।
लिवरल पार्टी विजयी भएमा ट्रुडो पुनः प्रधानमन्त्री हुने निश्चित रहेको क्यानडाका सञ्चार माध्यमहरुले जनाएका छन् । उनलाई पार्टीका शत प्रतिशत सांसदको समर्थन छ ।
निर्वाचनमा ट्रुडोको लिबरल पार्टी विजयी हुने क्यानडा ब्रोडकास्टिङ कर्पोरेशन (सीबीसी) र क्यानडा टेलिभिजनले प्रक्षेपण गरेका छन् ।
उनको पार्टी विजयी हुने प्रक्षेपण भइरहँदा प्रमुख विपक्षीे कन्जरभेटिभका नेता इरिन ओ टोलेले पनि आफ्नो पार्टीले सरकार बनाउने दाबी गरेका छन् ।
सोमवार भएको निर्वाचनमा हुलाकमार्फत पनि मतदानको व्यवस्था गरिएको थियो । करिब १० लाख मतदाताले हुलाकबाट मतदान गरेका थिए ।
कोभिड नियन्त्रणमा सरकार सफल भए पनि महामारी रोकथाम गर्न नयाँ ‘म्यान्डेट’ आवश्यक भन्दै ट्रुडेले यही अगस्ट १५ मा मध्याबधी निर्वाचन घोषणा गरेका थिए । त्यसअघि उनले गर्भनरलाई संसद विघटनका लागि सिफारिश गरेका थिए ।