आज मिति २०८२ साल माघ ०८ गते बृहस्पतिबार । तदनुसार सन् २०२६जनवरी २२ तारिख । नेपाल सम्बत ११४६ ।
माघ शुक्लपक्ष चतुर्थी तिथी ।
आज काठमाडौंमा सूर्योदय प्रात ६ बजेर ५६ मिनेटमा हुनेछ र सुर्यास्त साझ ५ बजेर ३५ मिनेटमा हुनेछ।
मेष : मेष राशि हुनेहरूका लागि आजको दिनमा ब्यय भाबमा शनि र लाभस्थानमा राहु ग्रहको शुक्षम प्रभाबले गर्दा योजना बनाएर काम थाल्दा फाइदा हुनेछ भने प्रतिस्पर्धीले हार खानेछन्। काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर प्राप्त हुनेछ। साथीभाइले पनि राम्रै साथ दिनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ। सेवामुलक कामबाट प्रतिष्ठा पाइनेछ।
वृष: वृष राशि हुनेहरूका लागि आजको दिनमा कर्म भाबमा चन्द्रमा र धर्म भाबमा मंगल ग्रहको प्रभाबको कारण प्रेमी प्रेमिका बिच केहि खटपट आउनसक्ने रहेकोले बोल्दा बिचार पुर्याउनु होला। जिद्दी नगर्नु होला । आत्तिने बानीले बोलिको गलत अर्थ लाग्न सक्छ। अरुको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ। अरुलाई दिएको वचन पुरा गर्न नसक्दा आलोचित बन्नुपर्ला । परिस्थिति सबल नदेखिएपनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ। शुभचिन्तकको भावना बुझ्ने प्रयत्न गर्नुहोला।
मिथुन: मिथुन राशि हुनेहरूका लागि आज दिनमा लग्न भाबमा बृहस्पति र दशौ भाबमा शनि ग्रहको प्रभाब बलियो रहेको हुँदा नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने समय रहेको छ। सिर्जनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगिहरुले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसङ्ग भेटघाट हुनेछ। सन्तानबाट सुखद् समाचार सुन्न पाइनेछ। वैदेशिक यात्राको साइत जुर्न सक्ने सम्भावना समेत छ।
कर्कट: कर्कट राशि हुनेहरूका लागि आजको दिनमा धन भाबमा केतु र सप्तम भाबमा सुर्य ग्रहको प्रभाबले गर्दा अवसरका लागि केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। इच्छाविपरित अरुको करकापमा काम गर्न बाध्य भइनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्नेछ। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। आफन्तहरूबाट टाढिनु पर्ने स्थिति आउन सक्छ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ।
सिंह: सिंह राशि हुनेहरूका लागि आजको दिनमा छैटौं भाबमा चतुग्राही ग्रहको प्रभाब रहेको कारण ले गर्दा मन कमजोर बन्न सक्ने हुँदा विभिन्न किसिमका कुराहरू सोचमा आउनेछन।आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन। सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ। श्रमको उचित मुल्यांकन हुनेछ। रोकिएको काम बन्नेछ भने पदीय जिम्मेवारी समेत प्राप्त हुनेछ। अरुको लागि केही रकम खर्च हुनेछ। मुटु तथा पेटसम्बन्धी बिरामीलाई साझपख केही समस्या देखा पर्न सक्ने भएकाले आहार विहारमा ध्यान पुर्याउनुहोला।
कन्या: कन्या राशि हुनेहरूका लागि आजको दिनमा पन्चम भाबमा मंगल र छैटौं भाबमा चन्द्रमा ग्रहको प्रभाबले गर्दा रमणीय र सुखद् यात्राको योग रहने छ । साथीभाइसँग समय बित्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। आशा मारेको धनमाल फिर्ता आउने योग रहेकोे छ। सन्तान बाट सन्तोष मिल्नेछ। छिटो बिश्वास कसैको पनि नगर्नुहोला
तुला: तुला राशि हुनेहरूका लागि आजको दिनमा सुख भाबमा तिनओटा ग्रहको युक्ति र प्रभाव ले गर्दा मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउन दुख मान्ने छ।। चुनौतिहरु स्वत: हट्नेछन भने अवसर तथा सफलताले पछ्याउने छन्। टाढिएका मित्रजन नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरुको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र प्रतिष्ठा कमाउने समय रहेको छ। धार्मिक तथा सेवामुलक काममा प्रेरित भइनेछ।
बृश्चिक: बृश्चिक राशि हुनेहरूका लागि आजको दिनमा तृतीय भाबमा बुध र चतुर्थ भाबमा राहु ग्रहको प्रभाबले गर्दा व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभुति हुनेछ। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला। गोप्य सुचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। समस्या दर्साउदा शुभचिन्तकको साथ पाइनेछ। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।
धनु:धनु राशि हुनेहरूका लागि आजको दिनमा सप्तम भाबमा बृहस्पति र नबौ भाबमा केतु ग्रह रहेको हुँदा साथीभाइहरूसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने छ। नयाँ कामको योजना बन्न सक्छ। तर परिस्थितिले आकस्मिक खर्च बढाउन सक्छ। यात्रा गर्दा धनमालको सुरक्षामा ध्यान पुर्याउनुहोला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउन सक्छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
मकर: मकर राशि हुनेहरूका लागि आजको दिनमा धन भाबमा चन्द्रमा र अस्टम भाबमा केतु ग्रहको प्रभाबले गर्दा प्रतिस्पर्धामा विजयी भइनेछ भने शत्रुहरू किनारा लाग्नेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। खर्च भने बढ्न सक्छ। विद्यार्थीहरुको अध्ययनमा राम्रो प्रगति हुने समय छ। सहयोगिहरुले राम्रो साथ दिनेछन्।
कुम्भ: कुम्भ राशि हुनेहरूका लागि आजको दिनमा ब्यय स्थानमा बुध र धनस्थानमा शनि ग्रहको रहेको हुदा सेवामुलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायक हुनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ।
मीन: मीन राशि हुनेहरूका लागि आजको दिनमा लाभ भाबमा मंगल र सुर्यको युक्ति ग्रहको बलियो प्रभावले प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बाहिरी काम छोडेर भएपनि आफन्त र परिवारजनलाई समय दिनुपर्ला । कृषि, पशुपालन तथा घरेलु कामकाजमा व्यस्त भइनेछ। बगैंचा, फुलबारी र घरको सजावटमा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्। साझपख माताको स्वास्थ्यमा आकस्मिक समस्या देखा पर्न सक्ने भएकाले मन खिन्न हुनेछ।