काठमाडौं-२०७६ सालको एसईईको परीक्षाफल आज सोमबार प्रकाशित गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल प्रकाशन गर्न लागेको हो ।
बिहान ९ बजेदेखि दिउँसोसम्म रुजु र डमी कपी हेरेका सदस्यहरुले परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेका हुन् । अहिले बोर्डको बैठक चलिरहेको जनाइएको छ ।
बोर्डका एक सदस्यले बैठक जारी रहेकाले केहीबेरमा परीक्षाफल प्रकाशित हुने बताए । मन्त्री परिषद्को बैठकले यस वर्षको एसईई परीक्षा विद्यालयले दिएको मूल्याङ्कनका आधारमा गर्ने निर्णय गरेको थियो । त्यसपछि बोर्डले कार्यविधि तयार गरी परीक्षा प्रणाली शुरु गरेको थियो ।
गत असार २० गते विद्यालय र ३० गतेभित्र इकाईले अंक पठाउनुपर्ने गरी परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले निर्देशन जारी गरेको थियो ।