बुटवल । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष बिष्णुप्रसाद पौडेलले सामुदायिक शैक्षिक संस्थाको गुणस्तरले शैक्षिक क्षेत्रमा समेत रुपन्देही अब्बल सावित भएको बताउनुभएको छ ।
आज बुटवलको रामनगरमा आयोजित बुटवल कालिका क्याम्पसको नवौँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा बोल्दै उहाँले सामुदायिक सस्थाको शैक्षिक गुणस्तरका कारण जिल्लाको सान र मान बढेको उल्लेख गर्नुभयो ।
कालिका देशकै नमूना शैक्षिक संस्था हुनुको गौरब सबै जिल्लाबासीलाई भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “बुटवल कालिका मात्रै होइन हामी सिंगो बुटवलाइ नै देशमा फस्ट बनाउने अभियानमा छौँ ।”
बुटवल सहित सिंगो रुपन्देहीलाई सबै दृष्टिकोणले नमूना बनाउन सबैको साझा प्रयत्न रहेको उहाँको भनाइ छ । “ हामी कुनै जाती, दल र वर्गका आधारमा विभजित छैनौ । यही भावनाका साथ देशकै नमुना जिल्ला बनाउने प्रयत्नमा लागेका छौँ ”, पुर्वअर्थमन्त्री पौडेलले भन्नुभयो । रुपन्देहीलाई भौतिक, मानवीय विकास र दक्ष जनशक्तिका दृष्टिले देशकै उत्कृष्ट बनाउन आफु लागि परेको उहाँले सुनाउनुभयो ।
देशकै उत्कृष्ट सामुदायिक क्याम्पसका रुपमा आफुलाई उभ्याइ राख्न कालिका व्यस्थापनसँग उहाँले आग्रह गर्नुभयो ।
रु १४ करोड ९० लाख बराबरको लागतमा निर्माण भएको क्याम्पसको पाँच तले भवनको उद्घाटन गर्दै उहाँले आफैले शिलान्यास गरेको शैक्षिक संस्थाको भवन उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउनुभयो । “ क्याम्पसको अग्रतालाइ अरुले उछिन्न नसक्ने गरि अघि बढ्नुस्, हाम्रो साथ र सहयोग छ”, पौडेलले भन्नुभयो ।
छोटो अवधिमा क्याम्पसले गुणस्तरीय शिक्षाको प्रत्याभूति गरेको जनाउँदै उहाँले यहाँका विद्यार्थी नेपाल प्रथम भएर रुपन्दहीको नाम राख्नु गर्बको विषय हो भन्नुभयो ।
“म तपाईंको अनुहारमा देशको उत्कृष्ट नागरिक देखिरहेको छु । तपाईंहरुको अनुहारमा रास्ट्रपति र प्रधानमन्त्री देखिरहेको छु । म तपाईंहरू सङ्ग सुझाव लियर शिक्षा क्षेत्रमा काम गर्न चाहान्छु”, विद्यार्थीहरुलाई इमेल आइडी र फोन नम्बर दिँदै पौडेलले भन्नुभयो ।
समारोहमा प्रदेश सभाका सदस्य भोजप्रसाद श्रेष्ठले जिल्लाका सामुदायिक संस्थाको गुणस्तर सुधार हुँदै गएको बताउनुभयो । सबैको सहयोग र सहकार्यमा शैक्षिक विकास सम्भव भएको उहाँको भनाइ छ ।
क्याम्पस व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष अर्जुनमान सैजुले नेपालमै सामुदायिक क्याम्पसमध्ये कालिकाले सत प्रतिशत नतिजा दिन सफल भएको बताउनुभयो ।
उहाँले सामुदायिक सस्थामा काम गर्न र नतिजा निकाल्न समस्या भएपनी क्याम्पस व्यवस्थापन, शिक्षक, बिद्यार्थी र अभिभावकको मिहेनतले क्याम्पसले शैक्षिक सफलता हात पारेको बताउनुभयो ।
क्याम्पस प्रमुख घनश्याम पाठकले २०७० देखि ३५ जना विद्यार्थीबाट उच्चशिक्षा सुरुआत गरेको क्याम्पसमा दुई हजार नौ सय ५५ जना विद्यार्थी सहभागी रहेको बताउनुभयो । नौ वर्षको अन्तरालमा क्याम्पसले भौतिक पुर्वाधार र शैक्षिक प्रगती हासिल गरेको बताउँदै उहाँले बिसीएतर्फ क्याम्पसले पहिलो ब्याचदेखि नै शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको बताउनुभयो ।
क्याम्पसको जग्गा प्राप्ति र भवन निर्माणमा पूर्वअर्थमन्त्री पौडेलको ठूलो सहयोग मिलेका कारण उहाँले शिलान्यास गरेको क्याम्पस उहाँकै हातबाट उद्घाटन गरिएको बताउनुभयो ।
![](/ckfinder/core/connector/php/../../../../uploads/editor/IMG_6225.JPG)
समारोहमा क्याम्पसबाट नेपाल प्रथम हुन सफल विद्यार्थी मणिराज गौतम, निवर्तमान अध्यक्ष रामचन्द्र क्षेत्री, निमित्त सहायक प्रमुख दिनेश थापा, इन्जिनियर गौतम रौनियार, खेल शिक्षक हरिश ओली, निर्माण व्यवसायी कृष्ण भुसाल, प्रकाश पाण्डे, गिता खत्री, कृष्ण गाहा, गणेश पुन, रबिन बगालेलाई सम्मान गरिएको थियो ।
![](/ckfinder/core/connector/php/../../../../uploads/editor/IMG_6228.JPG)
![](/ckfinder/core/connector/php/../../../../uploads/editor/IMG_6229.JPG)
![](/ckfinder/core/connector/php/../../../../uploads/editor/IMG_6231.JPG)
![](/ckfinder/core/connector/php/../../../../uploads/editor/IMG_6208.JPG)
![](/ckfinder/core/connector/php/../../../../uploads/editor/IMG_6237.JPG)