रुपन्देही । मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा अभ्यास शिक्षण अनुमतिपत्र सम्बन्धी ३ दिने प्रशिक्षण आजदेखि शुरू भएको छ ।
प्रशिक्षण उद्घाटन गर्दै प्रमुख प्रशिक्षक एवम् सामाजिक विकाश कार्यालय पाल्पाका प्रमुख हरिलाल अर्यालले आवश्यकता बमोजिमका जनशक्ति उत्पादनका लागि प्रशिक्षण महत्वपूर्ण हुने बताउनुभयो ।
क्याम्पसको शिक्षा तथा मानविकी संकायका प्रमुख नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्याल, प्रशिक्षक हरिबहादुर बिष्ट लगायतले बोल्नुभएको थियो ।
२२ गतेसम्म सञ्चालन हुने प्रशिक्षणमा शिक्षा तथा मानविकी संकायका १ सय २७ जना विद्यार्थीको सहभागिता क्याम्पसका उपप्राध्यापक मुक्तिनाथ गैह्रेले जानकारी दिनुभयो ।