बुटवल - कपिलबस्तुको कृष्णनगरमा सशस्त्र प्रहरी सहायक हवल्दार ३५ हजार घुस सहित पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट कृष्णनगरमा कार्यरत सहायक हवल्दार लिलबहादुर गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे कार्यालय, बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो। घरायसी सामान ओसार पसारमा सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घुस लिदैगर्दा गुरुङलाई रंगेहात पक्राउ गरिएको आयोगको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए। शुक्रवार दिउसो पौने १ बजेतिर कृष्णनगर नगरपालिका - २ गोलघर स्थित मिलन रेष्टुरेन्ट एण्ड दुर्गा गेष्ट हाउसबाट उनलाई नियन्त्रणमा लिएको भुसालले बताए।