बुधबार साँझ मदिरा बनाउन प्रयोग गरिने टयाङ्की भित्र एकै परिवार चारजनासहित पाँच जनाको शव फेला परेको थियो। उनीहरुको मृत्यु कसरी भयो भन्ने अहिलेसम्म पनि रहस्यमय नै छ।
मृतक पाँचैजनाको शवलाई पोष्टमार्टमको लागि कलैया अस्पतालमा राखिएको बाराका प्रहरी प्रवक्ता रञ्जित सिँह राठौरले जानकारी दिए। ‘कसरी मृत्यु भयो भन्ने पोष्टमार्टम रिपोर्टपछि थाहा हुन्छ’, राठौरले भने,‘उनीहरुको शव कलैया अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ।’