खोटाङ: खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा बालाबेँसीका ५४ वर्षीय जीतबहादुर राई मृत फेला परेका छन् । शनिबार काम विशेषले घरबाट हिँडेका राई केपिलासगढी गाउँपालिका-३ बाँसपानीको खोक्मामा मृत फेला परेका हुन् ।
घरबाट हिँडेपछि सम्पर्क विहीन बनेका राई सोमबार खोक्माको जालपादेवी नजिकै सडकभन्दा एक कान्लामाथि मृत फेला परेको स्थानीय प्रताप राईले जानकारी दिए ।
प्रहरीले घट्नास्थल सुरक्षित गरेर अनुसन्धान अघि बढाएको जनाएकाे छ । घट्नाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी घट्नास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले बताए ।