बुुटवल- रुपन्देहीको कञ्चन गाउँपालिकामा बाबुुले आफ्नै छोराको हत्या गरेका छन् ।
कञ्चन गाउँपालिका वडा नम्बर १ कुुचेराका रिमबहादुुर कुुमालले घरमा सुुतिरहेको १५ वर्षिय छोरोलाई घाँटी, मुुख र टाउँकोमा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घरको छतमा सुुतिरहेका सुुदीपलाई बाबुले बन्चरोले हानेका थिए ।
घाईते भएका सुुदीपलाई बुधबार बिहान तीन बजे लुुम्बिनी प्रादेशिक अस्पताल बुुटवलमा मृत घोषणा गरिएको हो ।
इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका इन्स्पेक्टर कमल परियारले घटनामा संंलग्न रिमबहादुुरलाई पक्राउ गरेको जानकारी दिए ।
घटनाको कारण खुुल्न सकेको छैन । रिमबहादुुरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए । मंगलबार मात्रै रुपन्देहीको तिलोत्तमा १० कान्छीबजारको एक पशुु फर्ममा काम गर्ने पाँच जनाको हत्या भएको थियो ।