दाङ-राेल्पाकाे त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा भेटिएको बम डिस्पोजल गर्न नेपाली सेनाकाे टाेली घटना स्थल पुगेकाे छ । बिहान पाँच बजे दाङ घाेराहीबाट निस्किएको नेपाली सेनाकाे टाेली साढे १० घटनास्थलमा पुगेकाे हाे ।
`सेनाकाे टाेली आइपुगेकाे छ । पहिला शव संकलन गरेर पाेष्ट मार्टमकाे लागी अस्पताल लैजाने र त्यसपछि वम डिस्पोजगरिने छ´वडा नम्बर २ का अध्यक्ष कविराज बुढाले भने-`शव उठाउनकाे लागि मुचुल्का तयार पार्ने काम चलिरहेकाे छ ।´
रिपुमर्दन गण घाेराहीबाट सेनानी निमेष पन्थी को कमान्डमा नफ्रिमा विडी सहितको टोली राेल्पाकाे लागि निस्किएको थियाे ।
बेवारिसे बम बिस्फोट हुदा बिहिवार वेलुका बाख्रा चराउन गएका चार बालबालिकाकाे मृत्यु भएको हाे ।
त्रिवेणि-७ निवासी ११ बर्षिय विमला केसी, उनका ५ बर्षिय भाइ विजय केसी, १४ बर्षिय नाेखिराम डाँगी र त्रिवेणी-४ का १३ बर्षिय गाैरव नेपालीकाे मृत्यु भयाे । घटना स्थल २०६२ सालमा तत्कालीन माओवादी र शाही नेपाली सेना विच भएकाे भिडन्त स्थल रहेकाे खुल्न आएकाे छ । भिडन्तलाइ`दुम्ला भिडन्त´ भनेर चिन्ने गरिन्छ ।