बुटवल-रुपन्देही स्थित नापी कार्यालयका नापी अधिकृत सरोज श्रेष्ठसहित ५ कर्मचारी १७ लाख घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिदा लिदै सर्भेक्षक तिर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नायब सुब्बा धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राज कुमार अर्याललाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।
उनीहरुले जग्गाको कित्ताकाटमा सहजीकरण गरिदिने भनि सेवाग्राहीसँग घुस लिएका थिए। उनीहरुलाई सिद्धार्थनगर नगरपालिका १३ अशोका होटल नजिकबाट अख्तियारको टोलीले पक्राउ गरेको हो।
उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता कोइरालाले जानकारी दिए। यसबारे पूरा जानकारी आउन समय लाग्ने उनले बताए।