काठमाडौँ – निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरलाई लक्षित गरेर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ मनहरामा शक्तिशाली बम विष्फोट भएको छ।
निर्वतमान मन्त्री गोकुल बाँस्कोटाको घर नजिकै शक्तिशाली विष्फोट भएको हो।
बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ। छिमेकीका घर र एउटा भ्यानमा समेत बमले क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार, मनहरा फाँटस्थित बास्कोटाको निर्माणाधीन घर नजिकै बुधबार बिहान ७ः४५ बजे बम विष्फोट भएको हो।
विस्फोटका बेला बास्कोटा भने निवासमा थिएनन्। उनी मन्त्री भएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आएका छन्।
बास्कोटाको घरलाई नै लक्षित गरी बम विष्फोट गराइएको प्रहरीले बताएपनि कसले र किन गरायो भन्ने खुलाएको छैन।