दाङ–दाङमा प्रदेश ५ एक्स्पाे सुरु भएको छ । तुलसिपुर उपमहानगरपालिकाकाे बेल्झुण्डीमा एक्स्पाेकाे प्रदेश ५ का मुख्यमन्त्री शंकर पाेख्रेलले उद्घाटन गरे । प्रदेश स्थापना दिवसकाे अवसरमा प्रदेश ५ सरकारले एक्स्पाे राखेकाे हाे ।
१२ जिल्लाका स्थानीय तह तथा जिल्लास्तरका झाँकी प्रदर्शन गरिएकाे छ । तीन दिन सम्म चल्ने एक्स्पाेमा प्रदेश सरकारले स्टल राखेर नविनतम प्रविधिकाे प्रदर्शन गरेका छन । पाल्पाकाे लाखे नाच, प्युठानकाे डल्ले सराँय, बर्दियाकाे थारु मयुर नाच, राेल्पाकाे लहरे पैसरी नाच, रुकुम पुर्वकाे लाेपन्मुख ढाेङ्गे नाच, गढवा र राजपुर गाउँपालिकाले अवधि संस्कृति नाच सहितकाे झाँकि प्रदर्शन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरीले विशेष प्रस्तुति प्रदर्शन गरेका छन ।
प्रदेश एक्स्पो प्रदेश भित्रका विविधतालाई नजिकबाट चिन्ने अवसरः मुख्यमन्त्री पोखरेल
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश एक्स्पोले प्रदेश भित्र रहेका विविधतालाई नजिकबाट चिन्ने अवसर प्रदान गरेको बताएका छन् । प्रदेश सभा स्थापना दिवसको अवसरमा प्रदेश ५ सरकारले दाङको बेल्झुण्डीमा आयोजना गरेको प्रदेश एक्स्पोको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश एक्स्पो मार्फत प्रदेश सरकारले दुई बर्षमा गरेका कार्यक्रमको सार्वजनीकरण समेत रहेको बताए । उनले जनताको आवश्यकता र विकासको चाहना पुरा गर्ने सहि माध्यमको रुपमा प्रदेश सरकार स्थापीत भएको समेत बताएका छन् ।
सात ओटा प्रदेश मध्य प्रदेश पाँच नम्बर प्रदेश हरेक दृष्टिमा अघी रहेको समेत बताएका हुन् ।‘आवधीक योजना निर्माणमा होस, या कानुन निर्माणमा, बजेट खर्च गर्ने दृष्टिमा होस प्रदेश सकरार अरु प्रदेशको तुलनामा अघीरहेको छ’उनले भने–‘हामी प्रदेश ५ लाई नमुना प्रदेशको रुपमा अघी बढाउन चाहन्छौं । सोही दिशामा कार्यक्रमहरु भैरहेका छन् ।’
आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीको अध्यक्षता तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा १२ जिल्लाका स्थानीय तह तथा जिल्ला स्तरबाट आएका झाँकी प्रदर्शन गरिएको छ । तीन दिन सम्म चल्ने एक्स्पोमा प्रदेश सरकारले स्टल राखेर नविनतम प्रविधिको प्रदर्शन गरेका छन ।
पाल्पाको लाखे नाच, प्युठानको डल्ले सराँय, बर्दियाको थारु मयुर नाच, रोल्पाको लहरे पैसरी नाच, रुकुम पुर्वको लोपन्मुख ढोङ्गे नाच, गढवा र राजपुर गाउँपालिकाले अवधि संस्कृति नाच सहितको झाँकि प्रदर्शन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरीले विशेष प्रस्तुति प्रदर्शन गरेका छन । शनिबार उद्घाटन भएको एक्स्पो सोमबार सम्म चल्ने छ ।