दाङ–दाङमा एक सय १० रुपैयाँ प्रतिलिटर पर्ने पेट्रोल प्रति लिटर एक सय १५ रुपैयाँमा विक्रि गरेको आरोपमा प्रहरीले पेट्रोल पम्पका सञ्चालकलाई पक्राउ गरेको छ ।
बबई गाउँपालिका वडा नं. ५ हापुरे स्थित राम सप्लायर्स पेट्रोल पम्पका सञ्चालक ५० बर्षिय रामबहादुर ओलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिएका छन् ।
तोकिएको मुल्य भन्दा बढी मुल्यमा डिजेल तथा पेट्रोल बेचेको गुनासोको आधारमा छानविन गरेको प्रहरीले जनाएको छ ।
बिल नं. १३३२ मा प्रतिलिटर एक सय १५ रुपैयाँको दरले पेट्रोल विक्रि गरिरहेको अवस्थामा नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।