काठमाडौं-सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्ने तथा गाडी जाँच पास र रुट इजाजतपत्र नवीकरण गर्ने म्याद मङ्सिर मसान्तसम्म थप भएको छ ।
सरकारले ढिलो भएबापत बुझाउनुपर्ने शुल्क मिनाहासहितको म्याद थप गरेर मङ्सिर मसान्तसम्म पुर्याएकाे हो ।
यसअघि भएका निर्णयअनुसार सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने म्याद भदौ मसान्तसम्म थियो । त्यसपछि लकडाउन पूर्णरूपले नहटेको, चाडवाड तथा विविध कारणले यातायात सेवा कार्यालयहरू पूर्णरूपमा बन्द भएका थिए ।
कार्यालय नखुल्दा सेवाग्राहीले सेवा लिन नपाएकाले सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने म्याद थप गर्ने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको थियो ।
मन्त्रिपरिषदले गएको मङ्सिर १५ गतेको बैठकमा ढिलो भएबापत बुझाउनुपर्ने शुल्क मिनाहासहितको म्याद थप गरेर मङ्सिर मसान्तसम्म पुर्याउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न यातायात व्यवस्था विभागले यातायात कार्यालयहरूलाई आग्रह गरेको छ ।