बुटवल, - मुलुक नयाँ संरचनामा रुपन्तरण भएतापनि निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय सरकार जवाफदेही बन्न नसकेको गुनासो सरोकारवालाले गरेका छन्। नयाँ संरचना अनुसार स्थानीय सरकार अधिकार सम्पन्न हुँदा निजीसँगको सहकार्यका चुकेको र निजीसँगको सहकार्य गर्ने नखोजेको उनीहरुले टिप्पणि गरेका थिए। सुत्र सलुशन र चाँदनी नेपालले बिहीबार बुटवलमा गरेको स्थानीय विकासमा निजी क्षेत्रको सहभागिता विषयक सञ्चारकर्मीसँगको छलफलमा स्थानीय सरकारले नै निजी क्षेत्रसँगको सहकार्य गर्न नचाहेको टिप्पणि गरेका थिए। सुत्र सलुशनका कार्यकारी निर्देशक राजु शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जिसिले स्थानीय सरकारले सुचना लुकाउने परिपाटिको अन्त्य गर्नु पर्ने सुझाव दिए। उनले निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय सरकारले धेरै विकास निर्माणका कामहरु सम्पन्न गर्न सक्ने भएता निजी संघसंस्थासँग सहकार्यनै गर्न नचाहेको गुनासो गरे। कार्यक्रममा पत्रकार यमलाल भुषाल, टिआर शर्मा, एनवी कण्डेल लगायतले स्थानीय सरकारले विचारका आधारमा केही निजी क्षेत्रलाई गराउने सहभागिताले सुशासनमा प्रश्न उठेको टिप्पणि गरे। चाँदनी नेपालका कार्यकारी निर्देशक भवानी प्रसाद पाण्डेको संचालनमा भएको कार्यक्रममा रुपन्देहीका अनलाईन, छापा र विद्युतिय संचारमाध्यममा आवद्ध संचारकर्मीको सहभागिता रहेको थियो।