अर्घाखाँची- अर्घाखाँचीको पाणीनीमा आगोले जलेर महिलाको ज्यान गएको छ । पाणीनी गाउँपालिका २ आप्रा बस्ने ७० वर्षिय पुतली नेपालीको जलेको अवस्थामा सव फेला परेको हो । आफ्नै घरको आगनमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो । घरमा एक्लै रहेको अवस्थामा जलेको र लगाएको साडी जलेको अवस्थामा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।