नेपाल निजामती कर्मचारी संगठन बुटवल उपमहानगरपालिकाको अध्यक्षमा माधवप्रसाद बस्याल चयन भएका छन्। उपमहानगर कार्यालयको सभाहलमा सम्पन्न संगठनको भेलाले संगठनको नेतृत्व चयन गरेको हो। भेलाले संगठनको उपाध्यक्षमा कमला चुँदाली, सचिवमा लक्ष्मण भट्टराई, सह–सचिवमा ध्रुव भट्टराई, कोषाध्यक्षमा रेश्मीराज घिमिरेलाई चयन गरेको हो । त्यस्तै सदस्यमा दिनेश काजी बर्जाचार्य, उर्मिला श्रेष्ठ, एक नारायण खनाल, गीतादेवी पाण्डे, पिताम्बर न्यौपाने, प्रेमबहादुर बुढाथोकी रहेका छन्।
कार्यक्रममा निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य काशिराम आचार्यले सवै सदस्यहरु एकजुट भै अघि वढ्दा जुनसुकै शक्तिलाई पनि परास्त गर्न सक्षम हुने दावी गरे । संगठनका रुपन्देहीका अध्यक्ष केशव भट्टराईको अध्यक्षातामा सम्पन्न भेलामा संगठनका जिल्ला सदस्य प्रेमप्रसाद खनाल, नेपाल नगरपालिका कर्मचारी एशोसिएशनका अध्यक्ष ठगिश्वर पोख्रेल, सितुप्रसाद श्रेष्ठ, संगठनका जिल्ला सचिव ईश्वरी ज्ञवाली लगायतले आ आफ्ना भनाइ राखेका थिए ।