दाङ – दाङमा भैँसीले हानेर एक जनाको मृत्यु भएको छ।
भैँसी चराएर घर फर्किने क्रममा आफ्नै भैैसीले हानेर गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
गढवा–७ मानपुरमा भैँसीले यादवलाई हानेको थियो । उपचारको क्रममा यादवको लमही अस्पतालमा मृत्यु भएको हो।
मृतक यादवको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।