बुटवल-बुटवलमा आज मंगलबार ३२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
आज थपिएकामध्ये २२ जना महिला र १० पुरुष हुन्। बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका अनुसार बुटवलमा जम्मा संक्रमितको संख्या ६१४ पुगेको छ।
जसमध्ये ३०१ जना सक्रिय संक्रमित रहेका छन्। बुटवलमा मंगलबारसम्म ७ जनाको मृत्यु भएको छ ।
मंगलबारको तथ्यांकअनुसार वडा नं १ मा १, ३ मा ९, ४ मा १, ७ मा २, ८ मा ४, ९ मा ४, १३ मा ३, १४ मा २, र अन्य गरी ६ जना संक्रमित थपिएका हुन्।