बुटवल-बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार कपिलवस्तुको कपिलवस्तु नगरपालिका १ का ५० वर्षीय पुरुषको बुधबार राती उपचारका क्रममै मृत्यु भएको हो।
बेलुका ७ बजे स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएका उनको राती १०:५५ मा मृत्यु भएको उनले बताए।
यही भदौ ५ गते संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या थिए।