बुटवल-बुटवलमा बुधबार एकैपटक ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। थपिएकामध्ये १७ महिला र १५ पुरुष हुन्।
बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख कुन्दन कुमार सिंहले बुटवलमा संक्रमितको संख्या १२७ पुगेको जनाए।
त्यसमध्ये १०१ जना सक्रिय संक्रमित हुन्।