भैरहवा–रुपन्देहीमा एकदिनमा हालसम्मकै सबैभन्दा बढी ५६ जना कोभिड–१९ संक्रमित थपिएका छन्।
५६ जना थपिएसँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ४ सय ९४ पुगेको छ। समुदाय स्तरमा संक्रमण फैलिएसँगै हाल सम्मकै बढी ५६ जना संक्रमित आइतबार थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ।
आइतबार राती ८ बजेसम्म रुपन्देहीका ८ पालिकाका ५६ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार आइतबार बुटवल उपमहानगरपालिकाका २३ जना, सिद्धार्थनगरका १२ जना, तिलोत्तमाका ११, सियारीका ४, ओमसतियाका १, देवदह १, कञ्चन १ र मायादेवीका ३ जनामा संक्रमण देखिएको छ।
आज बढेका संक्रमितसहित रुपन्देहीको पालिकास्तरमा लुम्बिनी सांस्कृतिक नगरपलिकामा ६१, तिलोत्तमा नगरपालिकामा ६१, बुटवल उपमहानगरपालिकामा ८१, सैनामैनामा ४३, सिद्धार्थनगरमा ६०, सम्मरीमाईमा २७, गैडहवामा २६, कोटहीमाईमा २६, कञ्चनमा २५, मायादेवीमा २०, देवदहमा १८, मर्चवारीमा १५, रोहिणीमा ८, शुद्धोधनमा ८, सियारीमा १२, ओमसतियामा २ र रुपन्देही बस्ने ठेगाना नखुलेको १ जनामा संक्रमण देखिएको छ।
संक्रमित मध्ये १६० जना उपचाररत, ३३३ जना निको भएका र १ जनाको मृत्यु भएका जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।