काठमाडौँ । आज देशभरि थप४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३ हजार ५ सय ६९ नमुनाको परिक्षण गर्दा ४ सय ३५ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज ५६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । पछिल्लो समय लगातार कोरोना संक्रमण बढ्दा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढेको छ ।
आज २ हजार ५ सय ३७ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।