बुटवल-सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड फेरि अवरुद्ध भएको छ। शुक्रबार अवरुद्ध भएको सडक आज आइतबार बेलुका ५ बजे खुलेपनि राती सवा ८ बजे पहिरो खसेको प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
तानसेन नगरपालिका–८ गौडेपुल नजिकै फेरि पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले फेरि पहिराे खसेर सडक पूर्ण रूपमा अवरूद्ध भएकाे बताए।
पहिरो हटाउन सोमबार बिहानदेखि काम शुरु हुने उनले बताए। पहिरो खसेर अवरुद्ध भएको सडक खुलेको खबर पाएपछि सो सडकखण्डमा गुडेका गाडी पहिरो खसेपछि अलपत्र परेका छन्।