दाङ-प्युठानमा शनिबार राति ट्याक्टर दुर्घटना हुुँदा ७ जना मजदुरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, प्युठानका अनुुसार स्वर्गद्वारी भिंग्री सडक निर्माण गर्ने मजदुर काम सकेर क्याम्पमा फर्किदै गर्दा लु १ त ४२३४ नम्बरको ट्याक्टर सडकबाट ३ सयमिटर तल खस्दा ७ जना मजदुरको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेहरुमा रोल्पा रुन्टीगढी गाउँपालिका ५ का २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, १९ वर्षीय विरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक २५ वर्षीय कमल कुँवर र उमेर नखुलेका गोबर्धन बुढामगर छन् ।
त्यस्तै सो ट्याक्टरमा सवार रोल्पाकै विशाल थापाले भने हाम फालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ। ट्रयाक्टरमा ८ जना सवार थिए।
दुर्घटना स्वर्गद्वारी नगरपालिका २ मा भएको हो। मजदुुरहरु क्याम्प भिम्दीकोट फर्किदै थिए। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुुख नरेन्द्र कार्कीले हुस्सु र ठूलो पानी परेका कारण गाडी नियन्त्रणबाहिर गरेर दुर्घटना भएको देखिएको जानकारी दिए। उनी सबै रोल्पाका मजदुरहरु रहेका छन्।
दुर्घटना राति नै भएको भएपनि प्रहरी भने आइतबार विहान मात्रै घटनास्थल पुगेको सर्वसाधारणले बताएका छन् ।