दाङ–प्युठानमा चुनढुङ्गा बोकेको टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खप्रेङखोलावाट दाङको कालाकाटे स्थित शुभश्री अग्नि सिमेन्ट उद्योगमा चुनढुङ्गा बोकेर जाँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिप्पर सरुमारानी गाउँपालिका वडा नं. ६ मा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर टिप्परका चालक र सह–चालक दुबै जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्किले जानकारी दिए ।
टिप्पर चालक प्युठान नौबहिनी–६ पिपलटारीका ३० बर्षीया रोशन थापा र सह–चालक करिब २७ बर्षिय जोगबहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।