गुल्मी-गुल्मीको इस्मा गाउँपालिका ४ दोहली ढाँडमा रहेको कालिका निमावि पहिरोले भत्काएको छ । क्वारेन्टिनको रुपमा प्रयोग गरिएको विद्यालय भवन भत्काएको हो । क्वारेन्टिनमा बसेका पाँच जना ज्यान जोगाउन आफ्नो घर गएका छन् ।
उनीहरु सबै आरडिटी पोजेटिभ भएको वडाध्यक्ष गनुप्रसाद अधिकारीले जानकारी दिए । नौ कोठे भवनमा पहिरोले क्षति पुराएको छ । पिसिआर परिक्षण नगरिएकाले होम क्वारेन्टिनमा बस्न निर्देशन दिएको वडाध्यक्ष अधिकारीले बताए ।
सोही ठाउँको पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको ५ भने मुसिकोटका १ जना बेपत्ता छन् ।