बुटवल-नेपाल बाढी सूचनाले बुटवलको तिनाउ नदीमा जलसतहले सतर्कता तह पार गरेको बताएको छ। बिहान १० बजे तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको भन्दै सतर्क रहन आह्वान गरेको हो ।
बाढी सूचनाले तिनाउ नदी आसपासमा रहेका बासिन्दालाई सतर्क रहन भन्दै मोबाइलमा सन्देश पठाएको जनाएको छ। सूचनाअनुसार कञ्चनखोला, तिनाउ खोलाको तल्लो तटीय क्षेत्र र आसपासमा रहेका बासिन्दा जोखिममा छन् ।
जलसतह केहीबेर तीब्र रुपमा बढ्ने र केहीसमयपछि घट्दै जाने बताएको छ।