गुल्मी-गुल्मीको इस्मा हस्तीचौरमा पहिरोमा बेपत्ता भएकी ७ वर्षीया बालिकाको शव फेला परेको छ। इस्मा गाउँपालिका १ हस्तीचौरकी ७ बर्षीया अपेक्षा खत्रीको शव फेला परेको हस्तिचौर स्वास्थ्यचौकी इन्चार्ज समसुल हक मियाँले जानकारी दिए ।
पहिरोमा परी यसअघि १ जना १८ महिनाका बालकको मृत्यु भएको थियो । हस्तिचौरका बसन्त सारुका १८ महिनाका छोरा सिजन सारु मृत अवस्थामा फेला परेका हुन् ।
पहिरोमा परी चार जना गम्भिर घाइते भएका छन् । पहिरो गएको ठाउँमा अहिले गाउँबाहिरबाट गएको टोलीले उद्धारको प्रयास जारी राखेको इस्मा गाउँपालिका वडा नं १ का वडा सदस्य जंग बहादुर खत्रीले जानकारी दिए ।