काठमाडौं । आइसीसी टि–२० महिला विश्वकपको एसियाली छनौटमा सहभागिता जनाउनका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २४ सदस्यीय प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको छ ।
एसियाली छनौट आउँदो नोभेम्बर २२ देखि २८ तारीखसम्म मलेसियामा हुेँदैछ । छनौट प्रतियोगितामा नेपालसहित भुटान, चीन, हङकङ, कुवेत, मलेसिया, म्यानमार र युएई गरी कुल आठ टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
सन् २०२३ मा दक्षिण अफ्रिकामा हुन गईरहेको महिला क्रिकेट विश्वकपको छनौट प्रतियोगितातर्फ एसियाली छनौटमा शिर्ष स्थान हासिल गनेै एक टोलीले ग्लोबल छनौटमा प्रतिस्पर्धा गर्न पाउनेछ । ग्लोबल छनौटमा भने शिर्ष दुई स्थान हासिल गर्ने टोली दक्षिण अफ्रिकामा हुने विश्वकपमा छनौट हुनेछन् ।
प्रारम्भिक टोलीमा रुविना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरा बेगम, रोमा थापा, सबनम राई, सङ्गिता राई, सरस्वती चौधरी र अुनराधा चौधरी छन्।
यसैगरि सुमन खतिवडा, सरस्वती जिएम, कन्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुँवर, डली भट्ट, विन्दु रावल, ममता चौधरी, सिता राना मगर, ज्योती पाण्डे, बिनु बुढामगर, करुणा भण्डारी र सरिता मगर छन्।