बागमती : बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल सरकारी निवास छाडेर निजी निवास फर्केका छन् ।
मुख्यमन्त्री कार्यालय छाडेर पौडेल हेटौँडा नवलपुरस्थित निजी निवासमा फर्केका हुन् । उनले ४२ महिना सरकार चलाएका थिए ।
बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका पौडेलले बिहीबार सरकारी निवास छाडेका हुुन् । उनले अबको बाँकी समय जनताको हितमा काम गर्ने बताए । उनले राजीनामा दिएसँगै प्रदेशसभाको ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी छिन् । शाक्य बुधबार नै एमाले संसदीय दलको नेता चयन भएका थिए।
भदौ ७ गते प्रदेशभर सार्वजनिक बिदा
गाईजात्रा पर्वका अवसरमा बागमती प्रदेश सरकारले यही भदौ ७ गते प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ ।
प्रदेशमा प्रमुख पर्वका रूपमा मनाइने भएकाले प्रदेशभर सार्वजनिक बिदा घोषणा गर्ने मन्त्रिपरिषद्बाट निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । रासस