बुटवल-पाल्पाको तानसेन रिडी खण्डमा पहिरोले ४ वटा सवारी साधन बगाउँदा २ जनाको मृत्यु भएको छ । एक जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ ।
पाल्पाको सदरमुकाम तानसेन देखि ७ किलोमिटर रिडी-तानसेन सडक खण्डको सम्मोबारी नजिकै पहिरो खस्दा एउटा ट्यांकर, एउटा बोलेरो जीप, एउटा मिनी ट्रक र एउटा कार बगाएको पाल्पा प्रहरीले बताएको छ । ती गाडीमा कति मानिसहरु थिए भन्ने यकिन जानकारी आएको छैन ।
अहिले घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित उद्धारकर्मीहरु पुगेर उद्धारमा खटिएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।