बुटवल-पहिरोले जीप पुर्दा गुल्मीमा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।
धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेमा अर्घाखाँचीको मालारानी-हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको जीप चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो । जीपमा सवार ६ जनामध्ये अन्दाजी वर्ष १८ धुर्कोट गाउँपालिका–३ का तुल्सीराम काउछाको ज्यान गएको छ ।
सोही स्थानकै चालक प्रदीप पुन र रमेश राना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये स्थानीय केशव काउछा, खिम बहादुर काउछा र विशाल काउछाको अवस्था सामान्य रहेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए ।
उनीहरुलाई उपचारको लागि अर्घाखाँचीको सन्धिखर्क लगिएको इलाका प्रहरी कार्यालय पुर्कोटदह गुल्मीका प्रहरी निरिक्षक पकंज चुँदालीले जानकारी दिए ।