दाङ–पश्चिम राप्ती नदीमा जल सतहले खतराको तह पार गरेको छ । बाँकेको कुशुममा रहेको बर्षा मापन केन्द्रका अनुसार राप्ती नदीमा आएको बाढीले खतराको तह पार गरेको हो ।
राप्तीसोनारी र डुडुवा गाउँपालिकाको नदी तटिय क्षेत्रमा बसोवास गरेकाहरुलाई सुरक्षित हुन एसएमएस मार्फत अनुरोध गरिएको छ । अविरल बर्षाका कारण दाङ हुदै वग्ने राप्ती नदीमा पानीको सतह बढेको हो ।