दाङ–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि प्रतिष्ठानको सबै सेवा बन्द गरिएको छ ।
शुक्रबार गरिएको स्वाव परिक्षणका क्रममा प्रतिष्ठानमा कार्यरत दुई महिला र दुरु पुरुष गरी चार जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछी अस्पतालको सबै सेवा वन्द गरिएको प्रतिष्ठानले विज्ञप्ती निकालेर जानकारी दिएको छ ।
प्रतिष्ठानका अस्पताल निर्देशक, नर्सिङ इन्चार्ज, इमर्जेन्सी वार्डमा कार्यरत एक स्वास्थ्यकर्मी र आइसोलेसन वार्ड इन्चार्जसहित चार जनामा कोरोना पोजेटिभ देखिएको हो ।
२४ र २५ बर्षिय महिला र ३९ र ४२ बर्षिय पुरुष स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ । आइतबार सम्म अस्पतालले दिने सबै प्रकारका सेवा वन्द गरिएको हो । स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि स्वास्थ्यकर्मीसंग सम्पर्कमा आएकाहरुको पहिचान गर्न थालिएको छ ।