बुटवल-बुटवल-तानसेन सडकखण्डको सिद्धबाबा मन्दिरनजिकै जीप खस्दा घाइते भएकाको परिचय खुलेको छ ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार प्रदेश ३-०१-२२च ४५२२ नम्बरको डबल क्याप जीप खस्दा ६ जना घाईते भएका थिए ।
दुर्घटनामा दया पाण्डे, बालकृष्ण बस्याल, शिव पाण्डे, नन्दु बस्याल, कृष्ण बस्याल र बिनोद बस्याल रहेका छन् । घाइते ६ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रदेश-५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए ।
घाइतेहरू सबै तिनाउ गाउँपालिकाका टिपर व्यववसायी रहेको बताइएको छ । घाइतेहरूलाई सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेका थिए ।उनीहरू सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ ।