बुटवल-बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आईशोलेशनमा उपचारका क्रममा मृत्यु भएका गुल्मीका बाबुराम नेपालीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
गुल्मी धुर्कोट गाउँपालिका–४जैसीथोकका नेपालीको पिसिआर रिर्पोट नेगेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।
उनका अनुसार नेपालीको मृत्यु निमोनियाका कारण भएको हो । उनको आइतबार उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भएको स्वाब परीक्षणको रिर्पोट नेगेटिभ आएको हो ।
४२ वर्षीय नेपाली ८ दिन अगाडि भारतको दिल्लीबाट गुल्मी आएर क्वारेन्टिनमा बसेका थिए । रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाई बुटवल ल्याइएको थियो ।