दाङ–दाङमा क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकाको भुटनेटना क्वारेन्टिनमा बसेका १८ बर्षिय पुरुष व्यक्तिको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख भगत केसीले जानकारी दिए ।
माण्डवी गाउँपालिका वडा नं. ४ आपचौर निवासी ति युवा जेठ ११ गते क्वारेन्टिनमा बसेका थिए । मृत्यु भएका व्यक्तिको पिसिआर जाँच गरेको रिपोर्ट अझैं आएको छैन् । जेठ २१ गते स्वाव संकलन गरेर परिक्षणको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
तर, अझैं रिपोर्ट आएको छैन। क्वारेन्टिनमा बसेका युवालाई उल्टी आउने र स्वासप्रस्वासमा समस्या देखिएपछी शनिबार विहान उपचारको लागी अस्पताल लगिएको थियो । तर, जिल्ला स्थित कुनैपनि अस्पतालले क्रिटिकल केश भर्ना नलिने बताएपछी बुटवल लैजाने क्रममा उनको मृत्यु भएको हो ।
‘सुरुमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उनलाई त्यहाँ भर्ना गर्न मानिएन् । त्यसपछी कोरोना बिशेष अस्पताल बेल्झुण्डी लगियो । त्यहाँ पनि कोरोना पुष्टि भएकालाई मात्रै भर्ना गरेर उपचार गर्ने बताएपछी बुटवल लैजान थालियो’केसीले भने–‘बुटवल लैजाने क्रममा ती व्यक्तिको मृत्यु भएको हो ।’