दाङ । दाङमा तीन जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गढवा गाउँपालिकाका २ जना र तुलसीपुर उपमहानगरपालिकाका १ जना छन् ।
शुक्रबार मन्त्रालयले विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल नेपालगञजमा गरिएको परिक्षणमा ९ जनामा कोरोनाको संक्रमण देखिएको जनाकारी दिएको छ ।
पर्साका ९ वर्षीय बालक, विरगञ्जका १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिलामा संक्रमण देखिएको हो । त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुषमा पनि संक्रमित देखिएका छन् ।
पहिलोपटक दाङमा पनि कोरोनाको संक्रमण देखिएको हो । दाङको गढवा ४ का २३ वर्षीय पुरुष, गढवा ५ कै ३६ वर्षीय पुरुष र तुलसीपुर ७ निवासी ३४ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको छ ।
यससँगै प्रदेश ५ मा संक्रमितको संख्या १०५ पुगेको छ । शुक्रबार नौजना नयाँ संक्रमित भेटिएसँगै नेपालमा संक्रमितको सख्या २६७ जना पुगेको छ ।