बुटवल-कपिलवस्तुका थप एकजनामा कोरोना पोजिटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार योसँगै संक्रमितको संख्या २१९ पुगेको छ । मंगलबार मात्रै ८३ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।
बुधबार यसअघि बाँके नेपालगन्ज–९ का ३६ वर्षीय पुरुषमा कोभिड–१९ पोजिटिभ देखिएको थियो। काभ्रे धुलिखेलस्थित धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो।