बुटवल-कपिलवस्तुमा स्थानीय प्रशासनले लकडाउनलाई थप कडाइ गरेको छ ।
कपिलवस्तुमा कोरोना भाईरस संक्रमितको संख्या बढ्दै गएपछि कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले यसअघि खुलेका उद्योग, व्यापार व्यवसाय र आवागमनलाई समेत जेठ ५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलद्वारा जारी विज्ञप्तिमा अत्यावश्यक बाहेकका सेवाबाहेकका उद्योग, व्यापार, व्यवसायसमेत बन्द रहने उल्लेख छ ।
यस्तै कपिलवस्तुको पूर्वपश्चिम राजमार्गमा पर्ने वाणगंगा नगरपालिकाले किराना पसल, सवारी साधन, उद्योगधन्दा र आवतजावतमा समेत रोक लगाएको छ । कपिलवस्तुमा सोमबार दिउसोसम्म १५ जनामा कोरोना संक्रमण देखिएको छ ।