कपिलवस्तु-कपिलवस्तुमा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुको मायादेवी २ अभिरावका २ जनामा संक्रमण देखिएको हो।
उनीहरू दुवैजना पुरूष हुन्। उनीहरू १६ र २२ वर्षका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ।