नेपालगञ्ज– नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भेरी अस्पतालका अनुसार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।
थप संक्रमितको बारेमा स्वास्थ्य मन्त्रालयलेे पुष्टि गरेको छ । यसअघि आजै नेपालगञ्जमा ९ र बारामा एक जना कोरोना संक्रमित भेटिएका थिए। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छन्।
बाँकेको नेपालगञ्जमा आइतबार एकैदिन १५ जना नयाँ संक्रमित भेटिएका हुन्।
बाँकेमा कुल संक्रमितको संख्या १६ पुगेको छ। संक्रमित व्यक्तिहरुको सम्पर्कमा रहेका अन्यको खोजी भइरहेको छ।
१७ गते फूलबारी मस्जिदमा जाँच गर्दा ६० वर्षीयमा कोरोना देखिएपछि उनको घर, उनी जाने मस्जिद र पढाउने मस्जिदलाई सिल गरिएको थियाे।