रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अवस्थित नमस्ते एकेडेमीलाई काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी) ले व्यवस्थापन गर्ने भएपछि विद्यालयको शैक्षिक गुणस्तर बढेर जाने आसा पलाएको छ । स्थापनाकालदेखि नै अग्रगामी ग्लोबल कलेजका रूपमा खडा भएको टीबीसीले व्यवस्थापनको साझेदारी गरेसँगै नमस्तेको शैक्षिक गुणस्तर पनि अन्तर्राष्ट्रियस्तरको हुने दाबी गरिएको छ। कोभिडका कारण पठनपाठनको सहजतामा अनिश्चितता बढिरहेका बेलामा विद्यालयले शैक्षिक गुणस्तरमा कस्ता रणनिती अपनाएको छ भन्नेबारे लुम्बिनी टाइम्सले विद्यालयका प्रधानाध्यापक कमल सापकोटासँग कुराकानी गरेको छ । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंश:
शैक्षिक क्षेत्रमा धेरै नै नाम सुनिएको नमस्ते एकेडेमी कस्तो शैक्षिक संस्था हो ?
नमस्ते एकेडेमी जिज्ञासु, नविन, बौद्धिक र पर्यावरणका लागि जिम्मेवार विद्यार्थीहरु उत्पादन गर्ने शैक्षिक संस्था हो । बिश्वव्यापी चुनौतिहरुसँग लड्न र उनीहरुको प्रतिभा विकास गर्न स्थापित गरीएको संस्था हो यो, एउटा स्कुल मात्र होइन । बच्चाको सर्बाङ्गिण बिकासका लागी नमस्ते एकेडेमीलाई प्रत्येक अभिभावकले शैक्षिक गन्तब्य बनाउन सक्छन् ।
विद्यालयको व्यवस्थापकीय जिम्मेवारी द ब्रिटिस कलेजले लिएको छ । व्यवस्थापनमा फरक आएपछि शैक्षिक गुणस्तरमा के फरक पाउन सकिन्छ ?
विद्यालयको मुख्य शेयर ब्रिटिस कलेजको मातहत गएको छ । त्यसको अर्थ यसको सञ्चालन र व्यवस्थापन अब ब्रिटिस कलेजले नै गर्ने छ । काठमाडौंको राम्रो 'गुडविल' भएको कलेजले व्यवस्थापन लिएपछि पहिलेभन्दा महङ्गो त हुदैन भन्ने संशय पनि उठेको छ । तर नमस्ते एकेडेमी महङ्गो स्कुल होइन किनभने हामी बच्चालाई हामीसँग गाडीसहित १२ घण्टा राख्छौं । उनीहरुको पोषणको पनि हामीले ख्याल राख्ने गरेका छौं । सरदर १० घण्टा हामी सेवा दिन्छौं । घरमा अभिभावकले होम ट्युशन राख्नु पर्दैन । हामीले दिने सेवाको तुलनामा विद्यालयको शुल्क खासै महङ्गो होइन ।
अन्य विद्यालयको भन्दा पाठ्यक्रम फरक हुने हो ? यसको गुणस्तर कस्तो रहला ?
कक्षा ८, ९ र १० मा नेपाल सरकारले तयार गरेको पाठ्यक्रमलाई नै पछ्याएका छौं । यो हाम्रो बध्यता हो । योसँगै हामी अंग्रेजी भाषाका कक्षाहरु आइएलटिएस पनि सञ्चालन गर्नेछौं । सरकारी किताबलाई 'रिफ्रेन्स'का रुपमा राखेर पढाएका छौं । कक्षा सम्म हामी सरकारी पाठ्याक्रमलाई ५०% बाकि ५०% पाठ्यक्रमलाई आधार बनाएर हामी आफै तयार गरेको सामग्रीबाट अध्यायपन गराउछौं । हामीलाई लाग्छ, यहाँ अध्यायन गरेका बिद्यार्थीले उच्च शिक्षाको लागि विश्वका जुनसुकै स्थानमा गएर पढ्न सकून् । पाठ्यक्रमको छनोट त्यस्तै रहेको छ । हामी दृढ छौं हाम्रा बिद्यार्थीहरु देशविदेशका प्रतिष्ठित विश्वविद्यालयहरुमा राम्ररी अध्ययन गर्न सक्नेछन् । तर, त्यसको अर्थ ग्रेडिङमा मात्रै हाम्रो ध्यान छ भन्ने होइन ।
अध्यापनका लागि शिक्षकहरुको व्यवस्था कस्तो हुन्छ ?
हाम्रो शैक्षिक निर्देशक ब्रिटिस नागरिक हुनुहुन्छ । तर शिक्षक भने सबै नेपाली नागरिक नै हनुहुन्छ । उहाँहरु बाहिर पढेर आउनु भएको हो । साइन्स, कम्प्यूटर, म्याथम्याटिक्सका लागि बाहिरबाट शिक्षकहरु हायर गरेर शैक्षिक क्रियाकलाप अगाडि बढाउँदै छौं ।
अन्य शैक्षिक संस्थाभन्दा अध्यापन विधिमा के फरक हुन्छ ?
नमस्ते एकेडेमी एक फरक स्कूल हो । हामी परम्परागत विधि प्रयोग गदैनौं । हामी ''गराईको माध्यमबाट सिकाई'मा विश्वास गर्दछौं । विद्यार्थीहरु बीच धेरैभन्दा धेरै अन्तरक्रियात्मक कक्षाहरु होउन् भन्ने हाम्रो चाहाना हो । हामी बिद्यार्थीहरुलाई प्रोत्साहित गर्नमा विश्वास गर्दछौं ताकी उनीहरुले आफैंले चीजहरु खोज्न सकुन् । सिक्न सकुन् । हामी टेक्नोलोजीको महत्वलाई जोड दिन्छौं । नेपाली विद्यार्थीहरु ग्लोबल प्लेटफर्ममा प्रतिस्पर्धा गर्न सकून् भन्ने चाहाना हो । हाम्रा विद्यार्थीहरु प्रभावी ढंगबाट कुराकानी गर्न सकुन् भन्नका लागि हामी अंग्रेजी भाषा कौशलमा पनि जोड दिन्छौं । हाम्रो शिक्षक सहजकर्ताको भुमिकामा मात्र रहनुहुन्छ । बाँकि सबै बिद्यार्थीहरुले नै सहभागितामुलक शैलिबाट शिक्षा आर्जन गर्न सक्ने हुन्छन् । हामी निरन्तर मुल्याङ्कन बिधिबाट बिद्यार्थीको अबस्था बुझिरहेका हुनेछौं ।
विद्यार्थीहरुलाई छुट या छात्रावृत्तिको केही व्यवस्था हुन्छ ?
परीक्षालाई आधार मानेर राम्रो गर्ने विद्यार्थीलाई छात्रावृत्तिको सुविधा दिन्छौं । हरेक बर्ष विद्यालयका १० जना विद्यार्थीले १००% सम्म छुट पाउनसक्छन् ।